सहकारी ठगी गर्ने रवि र अहिलेको गृहमन्त्री एउटै हुन् कि होइनन्: महामन्त्री थापा

फाइल तस्वीर

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी गर्ने रवि लामिछाने र अहिलेका गृहमन्त्री एकै व्यक्ति हुन् कि होइनन् खोज्न संसदीय छानबिन समिति गठन गरिनुपर्ने बताएका छन्।

संवाद यात्राका क्रममा कञ्चनपुरको पुनर्वासमा मंगलबार भएको कार्यक्रममा बोल्दै थापाले सहकारी ठगीमा सत्यतथ्य पत्ता लगाउन संसदीय छानबिन समिति गठन गरिनुपर्ने बताए।

‘सहकारी ठगी गर्ने रवि लामिछाने र अहिलेका गृहमन्त्री रवि लामिछाने एउटै हुन् कि होइनन् भनेर खोज्नु पर्‍यो कि परेनरु त्यो हामीले नखोजे कसले खोज्छरु यो ठाउँमा कांग्रेस,एमाले र माओवादी भए पनि वा नयाँ, पुरानो जुन दलको भए पनि खोज्नुपर्थ्यो,थापाले भने,सरकार र प्रतिपक्ष भन्ने कुरा हुन्छरु जनतामा म लोकप्रिय र सरकारमा शक्तिशाली वा पारिवारिक विरासत छ भनेर कोही पनि कानूनभन्दा माथि हुँदैन।’

सहकारीको रकम अपचलन भएको र प्रहरीले गरेको अनुसन्धान विश्वसनीय नभएकोले संसदीय छानबिन समिति गठन गरिनुपर्ने उनले बताए।

हामीले भनेको कुरा हिजो प्रमाणित भयो, सरकारी वकिलले प्रहरी अनुसन्धानलाई आधार बनाएर अदालतमा मुद्दा दर्ता गर्‍यो। सहकारीमा ठगी गर्ने रवि लामिछाने र अहिलेको गृहमन्त्री रवि लामिछाने एउटै हुन् कि होइनन् थाहा नभएको हुनाले त्यसअनुसार प्रतिवादी बनाएर प्रतिवेदन दिन सकिनँ भनेर प्रहरीले भनेको छ।

सहकारीमा ठगी गर्ने रवि लामिछाने र अहिलेको गृहमन्त्री रवि लामिछाने एकै हुन् कि होइनन् जाँच्ने क्षमता मसँग छैन भनेर नेपाल प्रहरीले भनेपछि अब संसदीय छानबिन समिति बनाएर सहकारी ठगी गर्ने रवि लामिछाने र गृहमन्त्री रवि लामिछाने एकै हुन् कि होइनन् भनेर खोज्नु पर्‍यो कि परेन उनले भने।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री लामिछाने सहकारी प्रकरणमा जोडिएकोले संसदीय छानबिन समिति गठन गर्न विगत एक महिनादेखि माग गर्दै आएको छ। तर संसदीय छानबिन समिति गठन गर्न सत्ताघटक दलहरू तयार देखिएका छैनन्।