गृहमन्त्री लामिछानेले राजीनामा दिनुपर्छ: नेता रमेश लेखक

काठमाडौं । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनु पर्ने बताएका छ।

उनले लामिछानेबारे संसदीय छानबिन समितिको मुद्दाबाट अगाडि बढ्ने बताए। अब संसदीय समिति–समिति भन्दा त अगाडि बढ्छ। राजीनामासम्म पुग्छ,उनले भने।

सहकारी ठगीमा रवि लामिछाने निर्दोष भएको जवाफ दिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब माफी माग्नुपर्ने लेखकले बताए।

उनले भने, ‘सहकारीबाट रित नपुर्‍याएर कर्जा लिएको भनिएको छ। त्यो कर्जा अहिलेसम्म पनि तिर्न बाँकी छ भनेको छ।

प्रधानमन्त्रीले रवि लामिछाने निर्दोष छन्। कुनै प्रमाण छैन। प्रहरीसँग मैले कुरा गरिसकेँ भन्नुहुन्छ। त्यसैले यो मुद्दा अलि पेचिलो बन्दै जान्छ।