घट्यो सुनचाँदीकाे मूल्य,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। मंगलबार एकैदिन सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ। अघिल्लो दिन पनि प्रतितोला ११ सय रुपैयाँले मूल्य घटेको थियो। सुन दुई दिनमै तोलामा मूल्य ३ हजार ८ सयले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार प्रतितोला १ लाख ३५ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भइरहेको छ। अघिल्लो दिन प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले घटेको छ। अघिल्लो दिन प्रतितोला १ हजार ७०५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ६६० रुपैयाँमा झरेको छ।