काठमाडौंको शंखमूलमा आगलागी

काठमाडौं । काठमाडौंको शंखमूलस्थित एक पसलमा आगलागी भएको छ । दोभान पुलनजिक गाडीको वर्कसप र त्यस वरपरका पसलमा आगलागीबाट क्षति पुगेको छ।

आगलागीबाट एउटा मोटर ग्यारेज, पानपसल, चियापसल, माछापसल र फलफूल पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। जलेको ग्यारेज सँगैको अर्को एउटा ग्यारेजमा समेत आगोले क्षति पु¥याएको प्रहरीले जनाएको छ।

ललितपुर महानगरपालिकाका दुईवटा दमकल सुरुमा आगो निभाउन आइपुगेका थिए। त्यसपछि मात्र काठमाडौंको जुद्ध बारुण यन्त्र पुगेको थियो।

प्रहरी र स्थानीयको समेत सहयोगमा आगो निभाउने क्रम जारी भएकाले आगलागीबाट भएको क्षतिको विवरण एकीन भएको छैन। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार ग्यास सिलिण्डर लिक भएर आगलागी भएको देखिएको छ।