सुहाङ १ हजार मतले अगाडि,मिलनले साढे ५०० कटाए
![](https://www.hamroonline.com/wp-content/uploads/2022/11/mata-ganna.png)
इलाम। इलाम–२ मा नेकपा (एमाले)का उमेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् । उनी दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका डम्बर खड्काभन्दा १,००१ मतले अगाडि छन्।
नेम्वाङले ३,७८३ मत ल्याउँदा उनलाई पछ्यारहेका खड्काले २,७८२ मत ल्याएका छन्।
स्वतन्त्र उमेदवार डकेन्द्र सिंह लिम्बुले ७८४ मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उमेदवार मिलन लिम्बुले ५६१ मत पाएका छन्।
अहिलेसम्म फाकफोकथुम गाउँपालिकाका वडा नम्बर १, २, ३, ४, ५ र ६ को मत गणना सकिएको छ।