एक करोड बढी ठगीको आरोपमा एक जना पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं। १ करोड १० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङको निलकण्ठ नगरपालिका–७ घर भई काठमाडौं कलंकी बस्दै आएका ४७ वर्षीय भीमसेन कुमार श्रेष्ठ छन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

श्रेष्ठले बैंकमा रकम जम्मा गरेको स्लिप दिँदै घरजग्गा आफ्नो नाममा पास गराएर ठगी गरेको आरोप लागेको छ। बैंकमै चेकमार्फत रकम जम्मा स्लिप देखाएर घरजग्गा पास गराउन लगाउने तर चेकमा पर्याप्त रकम नभएको भन्दै रकम जम्मा नहुने गरेको थियो।

आफ्नो नाममा चेकमार्फत रकम जम्मा गरेको स्लिप देखाएपछि पीडितहरुले भने घरजग्गा पास गरिदिने गरेको पाइएको छ।