लाल मोहम्मद हत्या प्रकरणका एक आरोपी पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं। काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा गोली हानि हत्या गरिएका लाल मोहम्मदको हत्यामा संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

भारतीय नागरिक बब्लु पासवानलाई पर्सा प्रहरीले गोली हानी नियन्त्रणमा लिएको हो। उनको साथबाट प्रहरीले लागुऔषध ब्राउन सुगर र पेस्तोल समेत बरामद गरेको छ।

खुट्टामा गोली लागेका उनको नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनी ब्यबसायी सुरेश केडियाको अपहरण प्रकरणमा दुई वर्ष जेल बसेर छुटेका थिए।

४ असोज २०७९ मा मोटरसाइकलमा आएका ३ जना युवाले सर्लाहीको हरिवन नगरपालिका–२ घर भएका ५८ वर्षीय मोहम्मदलाई गोली हानेर भागेका थिए। उपचारको क्रममा शिक्षण अस्पतालमा उनको मृत्यु भएको थियो।