उपनिर्वाचन अपडेट: इलाम र बझाङको मतगणना,हालसम्म कसले कति मत पाए ?

फाइल तस्वीर

काठमाडौं। प्रतिनिधि सभाअन्तर्गत इलाम–२ मा भएको उपनिर्वाचनमा एमालेको अग्रता कायमै छ। एमाले उम्मेदवार सुहाङ नेम्वाङले २ हजार ६ सय १६ को मतान्तर बनाएका हुन्।

सुहाङले ८ हजार ८ सय ९८मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डम्बरबहादुर खड्काले ६ हजार २ सय ८२ मत ल्याएका छन्।

त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ४ हजार ६ सय ३४ मत ल्याउँदा रास्वपा उम्मेदवार मिलन लिम्बु १ हजार १३ सय ५मत सहित चौथो स्थानमा सीमित छन्।

यसैगरी बझाङ उपनिर्वाचनमा नेपाली काँग्रेस अगाडि छ। प्रदेशसभा निर्वाचन क्षेत्र १ ९१० को लागि भएको उपनिर्वाचनको मतगणनाअनुसार अहिले काँग्रेस अगाडि छ। काँग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ८ हजार ४ सय ६ मत पाएर अग्रता कायमै राखेका छन्।

यस्तै, दोस्रो स्थानमा रहेका एमाले उम्मेदवार दमनबहादुर भण्डारीले ८ हजार १ सय ६५ मत प्राप्त गरेका छन्। प्राप्त नतिजा अनुसार माओवादी केन्द्रका जनक बुढाले ३ हजार १ सय १३ मत प्राप्त गर्दा नेकपा एसका उमेदवार दिलबहादुर सिंहले २ हजार २ सय ६६ मत प्राप्त गरेका छन्। नेपाली काँग्रेसका उम्मेदवार सिंह एमाले उम्मेदवार भण्डारी भन्दा २ सय ४१ मतले अगाडि छन्।