फरार वडाध्यक्ष पक्राउ

काठमाडौं। बैंकिङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका-७ का वडाध्यक्ष रवि तामाङ पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा तीन दिन कैद ९ लाख ९० हजार रूपैयाँ जरिवाना तोकेको थियो। तामाङलाई आइतबार पक्राउ गरेको हो।

उच्च अदालत पाटन ललितपुरको २०७८ फागुन २० गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा वडाध्यक्ष तामाङलाइ तीन दिन कैद र ९ लाख ९० हजार जरिवाना सजाय तोकेको थियो। प्रहरीको फरार सूचीमा रहेका तामाङलाई पक्राउ गरी आइतबार नै जिल्ला अदालत चौतारामा पेस गरिएको छ।