सुनको मूल्य घट्यो,चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। सुन आज तोलामा चार सय रुपैयाँ घट्दै प्रतितोला एक लाख १७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।

सुन हिजो प्रतितोला एक लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य भने सामान्य बढेको नेपाल सुनचाँदी व्यवसयाी महासंघले जनाएको छ।

चाँदी आज तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला एक हजार ६ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।