प्रधानमन्त्री बनिहाल्छ कि भनेर कतिपयलाई पोल्न थाल्या छ: अध्यक्ष माधव नेपाल

फाइल तस्वीर

काठमाडौं। सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफू प्रधानमन्त्री बन्छ कि भनेर केही व्यक्तिलाई पोल्न थालेको टिप्पणी गरेका छ्न्।

पार्टी निकट अखिल नेपाल महिला संघ समाजवादीले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले जसले जे भने पनि आफूहरुले समाज बदल्न भूमिका खेल्दै आएको जिकिर गरे।

हामी प्रधानमन्त्री बन्छौं भनेर कतिपयलाई पोल्न थाल्या छ। कतै प्रधानमन्त्री बनिहाल्छ कि भनेर पनि पोल्न थाल्या छ। पोल्ने मानिसहरु पनि छन् यो समाजमा। तिनलाई पोले पोलोस्। दन्दनी आगोले पोलिरहोस् त्यस्ता प्रवृत्ति बोक्नेहरुलाई धिक्कार छ म भन्न चाहन्छु,नेता नेपालले भने।

आफूहरुले समाज बदल्न र गणतन्त्र ल्याउनका लागि भूमिका खेलेको पनि बताए। ‘शान्ति प्रक्रियालाई अघि बढाउन भूमिका खेल्यौं। मुलुकमा निरंकुश शासन ढाल्नका लागि पनि महत्वपूर्ण भुमिका खेल्यौं।

जनतालाई न्याय दिलाउनका लागि पनि महत्वपूर्ण भूमिका खेल्यौं। महिला अधिकारका लागि पनि भूमिका खेल्यौं,नेता नेपालले भने।