आफुविरुद्ध ‘षड्यन्त्र’रच्ने सबैको नाम सार्वजनिक गर्ने सन्दीपको चेतावनी

काठमाडौं। राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले आफूलाई बलात्कार मुद्दामा फसाइएको दाबी गरेका छन्। विश्वकप क्रिकेटका लागि नेपाली टोलीको घोषणा गरिएको दिन बुधबार मध्यराति सामाजिक सञ्जालमार्फत उनले आफुलाई बलात्कार मुद्दामा फसाइएको दाबी गरेका हुन्।

साथै उनले आफुविरुद्ध ‘षड्यन्त्र’रच्ने सबैको नाम सार्वजनिक गर्ने चेतावनी दिएका छन्। उनले लेखेका छन्, ‘म सम्मानित अदालतको कानुन र आदेशलाई सम्मान गर्दछु तर म यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने प्रत्येक व्यक्तिको नाम छिट्टै सार्वजनिक गर्ने वाचा गर्छु।

यसअघि बुधबारै उनले आफू षड्यन्त्रको सिकार भएको र सबै कुरा भगवान्को हातमा रहेको भावुक स्टाटस लेखेका थिए।नेपाल क्रिकेट संघ ९क्यान० ले अमेरिका र वेस्ट इन्डिजमा अर्को महिना हुने आईसीसी टी–२० विश्वकपका लागि बुधबार क्रिकेट टोली घोषणा गरेको थियो। बलात्कार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट ८ वर्ष जेल सजाय तोकिएका सन्दीपको पुनरावेदन उच्च अदालत पाटनमा विचाराधीन छ।

सम्भवतः उनले विश्वकप टोली घोषणा हुनुअघि नै आफ्नो मुद्दाको छिनोफानो चाहेका थिए। तर उच्च अदालतले पेसी सारेको सा¥यै गर्दा विश्वकप टोली घोषणा गर्ने दिन आइसक्दा पनि सन्दीपको मुद्दा किनारा लाग्न सकेन। यसैकारण सन्दीप निराश भएका हुन सक्छन्।