विरोधी र आलोचकलाई उत्कृष्ट कार्यगत जवाफ दिने बालेन

फाइल तस्वीर

काठमाडौं। काठमाडौं महानगरका मेयर बालेन शाह कार्यकुशलताको आधारमा रुचाइएको जनप्रतिनिधिमा पर्छन्। महानगरको विकास, सेवा र प्रशासनिक नीति लागु गर्नमा पनि बालेनले आफूलाई प्रमाणित गरिसकेको टिप्पणी हुने गरेको छ।

नागरिकप्रतिको उत्तरदायित्व र जनप्रतिनिधिको भूमिकामा बालेन अग्रस्थानमा छन्। तर दलहरुले भने उनीमाथि अवरोध र आलोचना गर्दै नकरात्मकमता दर्शाउने प्रयास नगरेका भने होइनन्।

महानगरको शैक्षिक क्षेत्रको सुधार,ऐतिहासिक सम्पदाको संरक्षण,स्वास्थ्य तथा पूर्वाधार क्षेत्रको विकासलाई नै मुख्य एजेण्डा बनाएर कार्यारम्भ गरेका बालेनलाई मुख्य दलले नै अवरोध सृजन गर्न खोजको प्रष्ट छ।

मेयर बालेनले शहरी सुन्दरता र व्यवस्थित आवत जावतका लागि भनेर अनाधिकृत संरचना, मापदण्ड विपरितका घर र सुकुम्बासी बस्तिमा डोजर चलाए।

यस विषयमा मेयर बालेनमाथि विभिन्न टिप्पणीहरुसमेत भयो। कतिपयले उनको यो कामलाई ‘डोजर आतंक’को रुपमा औल्याए।

कतिपयले गाँस बास र कपासको व्यवस्थामा समन्वय गर्ने स्थानीय सरकारले नै नागरिकको अधिकार कुण्ठित गरिदिएको आरोप लगाइरहेका छन्। तर काठमाडौंको नदी किनारका धेरै सुकुम्बासी बस्तिहरु भने बाग्मती सभ्यता विपरित मानिदै आएको छ।

सुकुम्बासी बस्ती हटाउने बालेनको योजनामा बाग्मती सभ्यता विकास समितिले पनि सहयोग गरिरहेको छ। तर यसमा एमाले अध्यक्ष केपी शर्मा ओलीले भने बालेन प्रवित्तिमाथि बिरोध गरेका छन्।

बालेनको कदममाथि प्रश्न उठाएका अध्यक्ष ओलीले यस्तै रहिरहे सुकुम्बासी प्रतिकारमा उत्रनेसम्मको अभिव्यक्ति दिइरहेका छन्। ओलीले कोही कसैलाई हेप्न नसकेर बालेनले गरिब र सुकुम्बासीमाथि मात्रै ज्यादती गरेको टिप्पणी गर्न थालेका छन्।

सुकुम्बासीहरुलाई भोट बैंकको रुपमा मात्रै प्रयोग गर्ने गरेको दलहरुमाथि विगत देखि नै आरोप लाग्दै आएको छ।

भोटको रुपमा प्रयोग गर्ने गरेपनि दलहरुले सुकुम्बासीहरुको समस्या हल गर्न यतिका समयसम्म ठोस रुपमा कमद चाल्न सकेका छैनन्। तर कतिपयले सुकुम्बासीका नाममा बसेको सबै बासिन्दा वास्तविक सुकुम्बासी नभएको टिप्पणी गर्दै आइरहेका छन्। तर यसमा एमाले अध्यक्ष ओली भने चरम विमत्ति राखेका छन्।

स्वतन्त्र रुपमा निर्वाचित मेयर बालेनले महानगर भित्रको शैक्षिक,स्वास्थ्य र पूर्वाधार क्षेत्रको विकासलाई बढीभन्दा बढी प्राथमिकता दिइरहँदा दलहरुले भने उनलाई निशाना बनाएका छन्।

हुन त मेयर बालेनले पनि केही महिनाअघि धरहराको पार्किङ खुला गर्ने विषयमा निर्माण सम्पन्न नभइ उद्घाटन गरेको विषयमा ओलीमाथि प्रश्न उठाएका थिए।

त्यो बेला धरहरा सम्पन्न नभएको अवस्थामा पार्किङ खुला नहुने शहरी विकास मन्त्रालयले बालेनलाई भनेको थियो। यही प्रशंगामा मेयर बालेनले सम्पन्न नै नभएको धरहराको उद्घाटन गर्ने तत्कालीन प्रधानमन्त्री ओली र पूर्वमेयर विद्या सुन्दर शाक्यमाथि प्रश्न तेर्याएका थिए।

महानगरको विकास र समग्र नागरिकहरुका लागि राम्रै काम गरेपनि मेयर बालेनले ओलीसहित अन्य विभिन्न पात्रहरुबाट आलोचना र अवरोध खेप्दै आइरहेका छन्।

बालेनले अहिलेसम्म के– के गरे त?

शैक्षिक संस्थामा राजनीतिक गतिविधि बन्द गर्ने अभियान ल्याएका बालेनले यसलाई सार्थक पनि बनाए। अहिले महानगरका विद्यालयका कुनैपनि शिक्षक खुल्ला राजनीतिमा छैनन्। त्यस्तै विद्यालयहरुमा अनिवार्य छात्रावृत्तिको व्यवस्था पनि लागू गरे।

महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को परिच्छेद १० मा छात्रवृत्ति तथा निःशुल्क शिक्षा सम्बन्धी व्यवस्था रहेको छ। सोही कानुनको आधारमा गत बर्ष ४६५ बिद्यालयबाट १३ हजार भन्दा बढी विद्यार्थीहरूलाई विभिन्न किसिमका छात्रवृत्ति महानगरले दिलायो।

यो वर्ष पनि महानगरले यही कानूनका आधारमा छात्राविृत्ति दावी गर्न विद्यार्थीहरुलाई अनलाइन सेवानै संचालन गरिदिएको छ। यो छात्रावृत्ति प्रत्येक विद्यालयमा भर्ना भएका कक्षा १ देखि १० सम्म अध्ययन गर्ने १० प्रतिशत विद्यार्थीले प्राप्त गर्नेछन्।

त्यस्तै ट्राफिक र पार्किङको व्यवस्थापनमा पनि बालेनले उल्लेख्य सफलता प्राप्त गरेका छन्। यसले सवारी आवगमन देखि फरक क्षमताका यात्रुहरुलाई समेत यात्राका लागि सहज भएको छ।

त्यस्तै बालेनले अशक्त र गरिब बिरामीहरुको उपचारका लागि महानगरका विभिन्न ५२ अस्पतालका ३७४ बेड आबद्ध गराई निशुल्क उपचार गराउने व्यवस्था लागू गरेका छन्।

यसका लागि सम्बन्धित स्थानीय तहको सिफारिस भने अनिवार्य चाहिन्छ। यो सुविधा नेपालभरका जुनसुकै अशक्त र गरिब नागरिकले लिन सक्नेछन्।

त्यस्तै मेयर बालेनकै पहलामा महानगर गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ योजना अन्तर्गत विभिन्न २९ पेशाका २ हजार ८१ जना युवायुवतीहरूलाई तालिम दिइरहेको छ।

बैशाख १९ गतेदेखि विभिन्न पेशासँग सम्बन्धित तालिम दिइरहेको यो कार्यक्रम १ महिना सम्म चल्ने महानगरले जनाएको छ। जनतालाई स्वरोजगार बनाउने हेतुले आयोजना गरिएको यो तालिममा सहभागी हुन इच्छुक सबैले खुला आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो।

मेयर बालेनले अतिरिक्त कुनै कानून निर्माण नगरी केवल उल्लेखित कानूनहरुलाई नै अक्षरश पालना गरेका हुन्। जसले लक्षित विद्यार्थी, असाहाय र गरिब जनताहरु भने लाभाम्वित बनिरहेका छन्।

यद्यपि राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले भने बालेनमाथि केही अवरोध सृजना गरिरहेका देखिन्छ।