ओली र रविबीच भिषण संघर्षको संकेत

काठमाडौं। वर्तमान अवस्थामा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सत्ता सहयात्री दलका रुपमा छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमा एमाले र रास्वपाले पनि सहभागीतिा जनाइरहेको अवस्था छ। तर भर्खरै सम्पन्न उपनिर्वाचनमा सत्ता गठबन्धनमै रहेका एमाले र रास्वपाबीच नै प्रतिस्पर्धा भयो।

यसले दुई दलबीच बेमेलता सृजना भएको छ। फलतः सत्तारुढ दल एमालेले रास्वपाकै खिसिट्युरी गर्न थालेको छ।खासगरी सत्तामै रहेर पनि एकर्काबीच प्रतिस्पर्धा गरेका एमाले र रास्वपाले तत्कालका लागि लोकतन्त्रको सुन्दर पक्षलाई अंगिकार गरेका छन्। तर यो प्रतिस्पर्धाले भविष्यका लागि भने दुई दलबीच भिषण संघर्षको संकेत गरेको छ।

इलाम उपनिर्वाचनको उम्मेदवारी र प्रतिपर्धाको मुख्य ‘रियाक्सन’ ८४ सालको आम निर्वाचनमा देखिने लगभग निश्चित छ।

अहिलेको उपनिर्वाचनमा इलामबाट एमालेका सुहाङ भारी मत सहित निर्वाचित भएका छन्। सत्तामै रहेर पनि सौहार्दतापूर्वक चुनावी प्रतिस्पर्धा गरेको रास्वपाले जमानत समेत जोगाउन सकेन। जबकी रास्वपा नै सबैभन्दा पहिले मिसन ८४ को नारा लिएर आएको दल हो। अहिले रास्वपा इलाम उपनिर्वाचनको गम्भीर समीक्षा गर्ने स्थितिमा छ ।

इलाममा घण्टी नबजाइ जनताले अर्कै सांकेतिक घण्टी बजाएको ठहरमा रास्वपा पुगिसमेको छ । यसलाई सिकाइको रुपमा लिएर गम्भीर समीक्षा गर्दै अघि बढ्ने रास्वपाको तयारी छ।

विगत देखि नै लिएको अभियान मिसन मिसन ८४ सफल पार्दै रास्वपा एकलौटी सरकार निर्माण गर्ने उदेश्य लिइरहेको हो। जसलाई साकार पार्न जेठदेखि देश दौडाहा गर्ने रास्वपाको तयारी समेत छ।

रास्वपाले सरकारमा सहभागिता जनाउनु अघि देखि नै मिसन ८४ को नारा लगाउँदै आइरहेको थियो। उसले यसलाई नै मुख्य अभियान बनाएर बहुमतको सरकार बनाइ छाड्ने र भ्रष्ट्राचार तथा वेथितिलाई एकै झोकमा अन्त्य गर्ने दावी गरिरहेको छ।

तर यसलाई एमालेले पनि मुख्य अभियान मान्दै राजनीतिक परिवर्तको विन्दू बनाउने योजना बुनिरहेको छ। ८४ पछि नै एमालेको नेतृत्वमा एकल सरकार बन्ने दावी अध्यक्ष केपी ओलीले गरिरहेका छन्।

एमाले भर्खरै सम्पन्न उपनिर्वाचनको मत परिणामबाट अझ हौसिएको देखिन्छ । प्रदेश र संघको एक–एक सिटका लागि भएको उक्त उपनिर्वाचनमा एमालेले शतप्रतिशत जित निकालेको स्थिति छ।

यो सँगै एमालेले पनि मिसन ८४ अभियानलाई तीब्र बनाउने बनाइरहेको हो। तर रास्वपाले आफ्नो अभियानलाई अन्य दलहरुले पनि अवलम्बन गरेको भन्दै विगदेखि नै आक्रोश पोख्दै अन्य दलहरुलाई चुनौती पेश गर्दै आइरहेको थियो।

तर यतिबेला रास्वपा पनि सरकारमा सालेल छ। उसले सरकारमै रहेर इलामको उपनिर्वाचनमा प्रतिपर्धा गरेको थियो। तरपनि सत्तारुढ दल एमालेले जित निकाल्दा रास्वपाको जमानत नै जफल भएको हो।

राष्ट्रियताको सुरक्षा र सम्बद्र्धन एमालेले मात्रै गर्नसक्ने दावी गर्दै ओलीले आउँदो निर्वाचनमा कसैगरी एकल वहुमत ल्याउने जिकिर गरिरहेका छन्।

त्यस्तै रास्वपाले पनि मिसन ८४ को अभियानलाई सार्थक पार्दै एकल सरकार निर्माणको तयारी थालेको छ। विगतदेखि नै यो अभियान थालेका यी दुई दलहरुले उपनिर्वाचनपछि अझ सशक्त गतिविधि गर्न थालेका हुन्।

यो गतिविधिले उपनिर्वाचनमा सौहार्दपूर्वक प्रतिस्पर्धा गरेका एमाले र रास्वपाबीच भिषण संघर्षको सुरुवात भएको संकेतसमेत गरेको छ।