बढ्यो सुनचाँदी मल्यू,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको जानकारी दिएको छ। महासंघले आजको मूल्यसूची तय गर्दै हिजो आइतबारको तुलनामा तोलामा २०० रुपैयाँले बढेको जानकारी दिएको हो।

यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३५ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३४ हजार ९५० रुपैयाँ कायम छ। हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३५ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३४ हजार ७५० रुपैयाँ थियो।

यस्तै आज चाँदीको मूल्य समेत बढेको छ। महासंघले आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको जनाएको छ। यससँगै आज चाँदीको मूल्य प्रतितोला १६६० रुपैयाँ कायम छ। हिजो १६ सय ४० रुपैयाँमा कारोबार भएको थियो।