जसपाको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कमिटी बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रिय कार्यालय बालकुमारीमा बस्ने भएको हो।

बैठकमा पार्टी फुटको प्रभाव र आगामी दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताइएको छ। साथै पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल हुने एक नेताले बताए।