राप्रपा संसदीय दलको बैठक बस्दै

फाइल तस्वीर

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक बस्दै छ। बैठक आज मध्याह्न १२ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने भएको हो।

बैठकमा आगामी बजेट अधिवेशन र अन्य समसामयिक राजनीतिक विषयमा छलफल हुने राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले जानकारी दिए । बजेट अधिवेशन यहि शुक्रबारदेखि सुरु हुँदैछ।