सुनचाँदीको मूल्य स्थिर,कतिमा हुँदैछ कारोबार

काठमाडौं। बुधबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिनकै कारोबार मूल्यलाई बुधबार पनि यथावत राखेको हो।

जसअनुसार आज तोलामा १ लाख ३६ हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएको छ। अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो। यसअघि वैशाख ९ गते सुनको भाउ तोलामा १ लाख ३९ हजार ३ सय रुपैयाँसम्म पुगेको रेकर्ड छ।

चाँदीको मूल्य पनि स्थिर रहेको छ। अघिल्लो दिन तोलाको १ हजार ६७५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ।