राजनीतिक कार्यकर्ताहरूले समाज विकासको गति बढाउनु पर्छ: महामन्त्री थापा

फाइल तस्वीर

काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिकर्मीले आफैँ विकास हुन्छ भनेर सन्तोष मान्नु नहुने बताएका छन्। बुधबार काठमाडौँमा चलचित्र बोक्सीको घर हेरिसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले समाज आफैँ बदलिन्छ भनेर सन्तोष मानेर बस्न नहुने बताए। उनले राजनीतिक कार्यकर्ताहरूले समाज विकासको गति बढाउन आवश्यक रहेको बताए।

उनले भने,हामीले सन्तोष मान्नु हुँदैन। किन मान्नु हुँदैन भने समाज आफैँ बदलिरहेको छ, बदलिरहन्छ, बिस्तारै हुँदै जान्छ भनेर मात्रै हुँदैन। १० वर्षमा हुन्छ भनेर छोड्यौँ भने त हामी जस्तो राजनीतिक कार्यकर्ता किन चाहियो। यसको गति बढाउने काम हाम्रो हो।

उनले चलचित्र बोक्सीको घरले समाज विकासका लागि ठूलो भूमिका खेलेको बताए। उनले नेपाली समाज अझै बदलिन नसकेको र बदल्न आवश्यक रहेको बताए।