प्रधानमन्त्रीले भने-अनेक गरिन्छ तर सरकारलाई पूरै अवधि लगिन्छ

फाइल तस्वीर

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जसरी भए पनि सरकारलाई पूरा अवधि चलाउने बताएका छन्।

सुनकोशी मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’पछि बुधबार सिन्धुलीको सुनकोशी गाउँपालिकामा कार्यकर्ताहरूसँग प्रधानमन्त्री ‘प्रचण्ड’ले अनेक गरेर भए पनि सरकारलाई पूरै अवधि चलाउने बताएका हुन्।

उनले भने,अनेक गरिन्छ तर सरकारलाई पूरै अवधि लगिन्छ,दुबिधा नरहोस्। ‘प्रचण्ड’ले वर्तमान सरकार बनेपछि विकास निर्माण, शिक्षा, स्वास्थ्य आदि क्षेत्रमा युगान्तकारी काम भएको दाबी गरेका छन्।

‘नीति कार्यक्रम र बजेटमार्फत आमनागरिकमा भरोसा स्थापित गर्ने प्रयास हुनेछ,उनले भने,विकासको नयाँ युग सुरु हुन्छ,नीति कार्यक्रम र बजेट एक अर्काको पूरक हुनेछन्।

सूचना प्रविधि र कृषिलाई केन्द्रित गरेर नीति बनाइरहेको प्रधानमन्त्रीले बताए।आर्थिक अवस्था संकटमुक्त भइसकेको छैन। तर मैले नेतृत्व लिए यता धेरै सकारात्मक परिवर्तन भएका छन्।

सन्तोषजनक नभए पनि प्रगति राम्रै छ, ‘प्रचण्ड’ले भने ‘लगानी सम्मेलनपछि विदेशी लगानी भित्रिँदै जाने र विकास बढ्दै जाने अवस्था बनेको छ। विदेशी मुलुकका उच्चस्तरको राजनीतिक भ्रमणले अत्यन्त राम्रो वातावरण बनेको छ।