बढ्यो सुनचाँदी मूल्य,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। बिहीबार सुनको मूल्य तोलामा २ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ तोलामा १ लाख ३५ हजार ६ सय रुपैयाँ पुगेको छ।

बुधबार १ लाख ३६ हजार ४ सय रुपैयाँ थियो। वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ३९ हजार ३ सय रुपैयाँसम्म पुगेको रेकर्ड छ।

चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेको छ। अघिल्लो दिन प्रतितोला १ हजार ६७५ रुपैयाँ रहेको चाँदी आज १ हजार ६८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।