गोली चलाएर लागुऔषध कारोबारी पक्राउ

सांकेतिक तस्वीर

बाँके। लागुऔषध कारोबारी नियन्त्रणमा लिनेक्रममा प्रहरीले गोली चलाएको छ। आज बिहान कोहलपुरस्थित चप्पलगौँडा भन्ने स्थानमा काठमाडौंबाट खटिएको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले कारोबारी सुशील परियारलाई नियन्त्रणमा लिएको छ।

ब्युरोका अनुसार इन्सपेक्टर रुपेश विष्ट र सई बालकृष्ण सञ्जेलको टीमले सो अपरेशन गरेको थियो। कारोबारी भाग्न खोजेपछि प्रहरीले गोली चलाएको ब्युरोका एक अधिकारीले बताए। उनका अनुसार सो क्रममा परियारसहित अर्का एक कारोबारी पक्राउ परेका छन्।

परियारलाई नियन्त्रणमा लिने क्रममा एक राउण्ड गोली चलाएको बताइएको छ। कारोबारीको साथबाट ११० ग्राम ब्राउन सुगर बरामद भएको ब्युरोले जनाएको छ।