कांग्रेसको केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक बस्दै

काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक डाकेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।

नेपाली कांग्रेसले सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछानेसमेत जोडिएको भन्दै संसदीय छानबिन समिति बनाउनुपर्ने माग राखेर संसद अवरुद्ध गर्दै आएको छ।