प्रहरीमा जागिर लगाइदिने भन्‍दै ठगी गर्ने एकजना पक्राउ

सांकेतिक तस्वीर

मोरङ। प्रहरीमा जागिर लगाइदिने भन्‍दै ३ लाखभन्दा बढी रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका– ३ बस्‍ने ४५ वर्षीय पन्चु पासवान रहेका छन्।उनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

पक्राउ परेका उनीमाथि ठगी कसूरमा मोरङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ।

पासवानले कटहरी– ५ बस्‍ने सम्पतलाल झागडका छोरा राजकुमार उराँवलाई नेपाल प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाइदिन्छु भन्‍दै ३ लाख ३० हजार नगद ठगी गरेको प्रहरीको आरोप छ।