सहकारी छानबिन प्रकरण: ६ सहकारीको रकम अपचलन गर्नेहरूलाई छानबिनको दायरामा ल्याउने प्रयास

काठमाडौं। संसदीय छानबिन समितिमार्फत विभिन्न ६ वटा सहकारीमाथि संसदीय छानबिन गर्ने कार्यविधि तयका लागि प्रयास थालिएको छ।

६ वटा सहकारीको नाम किटान गरी तिनको रकम अपचलनमा संलग्नहरूमाथि छानबिन गर्न संसदीय छानबिन समिति बनाउने तयारीमा सत्ता पक्षीय दलहरू लागेका हुन्।

वीरगन्जको सानो पाइला, भैरहवाको सुप्रीम, काठमाडौँको स्वर्णलक्ष्मी,नेपालगन्जको समानता,चितवनको सहारा,सहकारीसहित सङ्कटग्रस्त ३३ सहकारीको रकम अपचलन गर्ने व्यक्तिहरूमाथि छानबिन गर्ने गरी समिति प्रस्ताव गर्न लागिएको हो।

सत्तापक्षले रवि लामिछानेको नाम नराखी रकम अपचलनमा संलग्नहरू माथि छानबिन भन्ने प्रस्ताव राख्न लागेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले नमानेपछि श्रममन्त्री डीपी अर्याल सञ्चालक रहेको हाम्रो कृषि सहकारीको भने नामै किटान गर्न नसकिएको सत्ता पक्षको प्रस्ताव लेखनमा संलग्न एक नेताले बताए।

छानबिन समितिको कार्यविधि बनाउन केही बेरमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्ने कार्यदलको बैठकमा यसबारे छलफल हुनेछ।