तिनाउ नदीमा डुबेर एक जनाको मृत्यु

सांकेतिक तस्वीर

लुम्बिनी। रुपन्देहीको तिलोत्तमा नगरपालिका-६ स्थित तिनाउ नदीमा डुबेर आज एक जनाको मृत्यु भएको छ। नदी उत्खननका क्रममा परेको दहमा जमेको पानीमा पौडी खेल्न गएका स्थानीय १७ वर्षीय किशोर दिब्याम्स भुसालको आज मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

साथीहरूसँग फुटबल खेल्न गएका ती किशोर नजिकैको दहमा पौडी खेल्ने क्रममा पानीमा डुबेको स्थानीयले जानकारी दिए लगत्तै प्रहरी घटनास्थल पुगे पनि भुसाल मृत अवस्थामा फेला परेका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।