आज मिति २०८१ साल जेठ १३ गते आइतबार सूर्य देव भगवानको दर्शन गर्नुहोस् र राशिफल पढ्नुहोस्

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- आज स्वास्थ्यमा सुधार आउनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापार, व्यवसायमा लाभ हुनेछ ।

वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो- आजको दिन माध्यम खालको नै रहनेछ । अनावश्यक ठाउँमा धन खर्च हुन सक्छ । व्यवसायमा नोक्सानी हुन सक्छ, तर सफल यात्राको योग छ ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा- आज आफ्नो अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। जोशजाँगर र हिम्मत बढ्नेछ। अरुको मन जित्न पनि सकिनेछ ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । शेयर बजार अथवा पुँजी बजारको लगानीले राम्रो लाभ दिनेछ ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको राम्रो दिन छ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । गरेको कार्यबाट लाभ र सफलता पाइनेछ ।

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- निर्णय कार्यान्वयन हुन सक्दैनन् । आफ्नो विचार विपरित निर्णय हुनेछ । नजिकका व्यक्तिबाट काममा बाधा आउला । आत्मबलमा कमी आउनेछ ।

तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते-आँटेको र ताकेको कार्य पुरा होला । पारिवारिक सद्भाव बढ्नेछ । व्यापार व्यवसायमा औसत लाभ हुनेछ । वैदेशिक क्षेत्रको कार्य सफल हुनेछ ।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- आज इच्छा र आकाङ्क्षा पूर्ण हुन सक्छ । एक अर्कासँग केही न केही आशा गरिरहनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे- आज बन्धु बान्धवबाट सहयोग मिल्नेछ । कार्य क्षेत्रमा प्रगति हुनेछ । चलाखीपूर्ण बोलीले गरेको कार्य सिद्ध हुनेछ । बाहन सुख पनि मिल्नेछ ।

मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि- आज आँटेको काममा ढिलासुस्ती हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरासता पनि आउन सक्छ, तर साँझमा मन प्रसन्न रहनेछ ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा- समाज सेवा गरे लोकमा प्रसिद्ध भइनेछ । स्वास्थ्यमा सुधार आउला । आफन्त सँगको सम्बन्ध पनि गाढा र सुमधुर रहनेछ । तीर्थाटनको योग पनि छ ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि०- आज सोचेको आँटेको काममा फाइदा मिल्नेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला।