लेट्स टकको ८४औं श्रृंखला डाक्टर कृष्ण प्रसाद पौडेलसँगको चिया गफ सम्पन्न

 चितवन। लेट्स टकको ८४ औं श्रृङ्खला अन्तर्गत अर्थोपेडिक सर्जन डाक्टर कृष्ण प्रसाद पौडेलसँग चिया गफ कार्यक्रम उहाँको निवासमा आयोजना गरिएको छ। कार्यक्रमको सहजीकरण लेट्स टकको आकाश पौडेलले गरेका थिए।

कार्यक्रममा डाक्टरले आफ्नो पेशा, साहित्य र समाजको साझा अनुभव व्यक्त गरे। साहित्य तर्फ आफ्नो विद्यार्थी कालदेखि नैं रुचि रहेको बताए। उनले आफ्नो बुवा कोपिला पौडेलको इच्छा पूरा गर्न चिकित्सक पेशामा संलग्न भएको भएको बताए।

आफ्नो जीवनकालमा आफ्नो इच्छा उद्देश्य प्राप्तिका लागि संघर्ष जारी राखेकाे बताए। उनी चिकित्सकको सपना शुरूमा नदेखेको शिक्षकको सपना बोकेर राजधानी गएको प्रसंग सम्झाउदै पछि चिकित्सा विज्ञान अध्ययनमा धरानमा नाम निस्केको बताए। उनी दुई पटकसम्म भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट बनेका सिनियर अर्थोपेडिक सर्जन हुन्।

उनका खुशीहरुको वनबास कविता संग्रह, कम्मरीदेखि कोभिड कहर , लय छुटेको समय निबन्ध सङ्ग्रह प्रकाशित छन्। उनलाई कार्यक्रममा लेखराम सापकोटा, सूर्य प्रकाश कँडेल, प्रेम कँडेल, सुरेन्द्र अस्तफल, उदय अधिकारी, आकाश पौडेल, सबिना भुसाल, विपिन पाठक, दिनेश नाइसा मगर , प्रबिन सन्नाटा, वासुदेव सापकोटा लगायतले जिन्दगीको गोरेटोमा विभिन्न पक्षसँग सम्बन्धित जिज्ञासा राखेका थिए।

विद्यार्थी जीवनदेखि भित्ते पत्रिका, विभिन्न विधामा कलम चलाउने गरेको बताए। हाल हाडजोर्नी र स्पाइनल सम्बन्धी अध्ययनले जीवन व्यस्त भएको बताउदैं उनी प्राध्यापनमा पनि रहेको कुरा उल्लेख गरे।

गाउँको पुस्तकालयको प्रभावमा परेर उनले वि पी कोइरालाका पुस्तक, दौलत विक्रम विष्टको चपाइएका अनुहार, रमेश विकलका कथा र पारिजातको शिरीषको फूलबाट साहित्य अध्ययनको क्षेत्रमा प्रवेश गरेको हुनाले वी पी कोइरालाको पेन्टिङबाट अघि बढेका थिए।

कोभिडमा अस्पतालको इमर्जेन्सीमा देखिएका दृश्य र बिरामीको उपचार पिडाको रापले छोएको प्रसंग सम्झाउदै आफू भावविह्वल भएको दृश्य बताए। जीवन यात्रा अनुभवको विश्लेषणात्मक व्याख्या गरे।

लोकसेवाबाट पर्वतमा पहिलो जागिर शुरू गर्दाको अनुभव व्यक्त गर्दै स्कुलको औपचारिक शिक्षा, त्रिचन्द्र कलेजको आइ एस्सीको पढाई लगायतका अनुभूति राखे।

जीवन यात्रा सुखमय खुशी उमंग उत्साहको रहेको र विदेशप्रति कहिल्यै रुचि नभएको बताए। उनले आफ्नो ठूलो छोरी एमबिबिएसको पढाइ पढ्दै गरेको, कान्छो छोरी स्कुल शिक्षामा र छोरा कक्षा चारमा पढ्दै गरेको बताए।

जीवनको पचास वसन्त पार गरिसकेकोले जीवनको आफ्नो योगदानका अनुभवसहित कविता संग्रहको पहिलो कविता वाचन गरेर कार्यक्रम समापन भएको थियो। कार्यक्रम निकै प्रभावकारी र जीवन उपयोगी अनुभव सुन्न पाउँदा गौरवान्वित भएको सहभागी सबैले आ-आफ्नो धारणा राखे।