नारायणगढ-मुग्लिन सडकमा पहिरोले पुरिएर अपरेटरको मृत्यु

सांकेतिक तस्वीर

काठमाडौं। नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलानजिक पहिरो खस्दा एक जनाको मृत्यु भएको छ। आज बिहान नाला खन्ने क्रममा पुल निर्माण कम्पनी एएनकेको मेसिनमाथि पहिरो खस्दा डोजर चालकको मृत्यु भएको हो।

मेसिनमाथि पहिरो खस्दा मेसिनमा समेत क्षति पुगेको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ।

पहिरो खसेर मेसिनमै च्यापिएका अपरेटरलाई बाहिर निकालेर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको डिभिजन कार्यालयले जानकारी दिएको छ । मृतक चालकको पहिचान हुन बाँकी छ।