सावधान ! टुथपेस्ट ले क्यान्सर गराउन सक्छ
सुरेन्द्र के.सी.
– दाँत सफा गर्न प्रयोग गरिने टुथपेस्ट र ब्रस दुबै मानव स्वस्थ्यको दृस्टिकोणले हानिकारक छन । तपाइले google मा खोज्नु भयो भने थाहा पाउनुहुनेछ कि तपाइले प्रत्यक दिन प्रयोग गर्ने टुथपेस्टमा क्यान्सर कारक तत्व sodium laureth sulphate हुन्छ । जानकारहरु यसको सट्टामा परम्परागत निमको डाँठ (डाँख्ला) , आपको डाठ, आरुको डाठ, बेलौतिको डाँठ आदि प्रयोग गरि दात सफा गर्ने सल्लाह दिन्छन । जसको कुनै expiry date पनि हुदैन , अनि कुनै side effect पनि हुदैन। एउटा डाठलाइ एक पटक प्रयोग गरेपछि तेस्को टुप्पो काटेर फाल्ने अनि बाकी भाग पानीमा डुबाएर राख्ने ; यो प्रक्रिया बाट एउटा डाठ सात दिन सम्म प्रग्योग गर्न सकिन्छ । यो कुरा जब मैले मेरो एक बिद्वान सथिलाइ सुनाय तब उसले भन्यो -” छि.. एउटै चिज एक हप्ता सम्म प्रयोग गर्ने ? घिन लाग्दैन ? रोग लाग्दैन ?” अनि मैले उसलाइ प्रती प्रश्न गरे -” तैले पनि त एउटै प्लास्टिकको ब्रसले एक बर्ष सम्म दात सफा गर्छस त । किन ?? घिन , रोग लाग्दैन ? मेरो त ब्रसको टुप्पो सधै नया हुन्छ । के तैले नि प्लास्टिकको ब्रसको टुप्पो मैले जस्तै काट्दै फाल्छस र ?” त्यति खेर उसको अनुहार हेर्न लायक थियो । उ सोचमा पर्यो । अनि भन्यो ” मैले त्यसलाइ प्रत्यक दिन सफा गर्छु ।”
प्लास्टिक टुथब्रस को bristles ( दात सफा गर्ने भाग ) ध्यान दियर हेर्नू भयो भने देख्नुहुने छ कि त्यहा स-साना , कालो अनि सेतो सेतो फोहोर जम्मा भएको हुन्छ । बुरुस( ब्रस ) लाई जति सफा गरे पनि त्यो फोहोर चाहि clear भएकै हुदैन । त्यही फोहोरमा हजारौ भाइरसहरु आएर बस्छन । त्यसलाइ तपाईं प्रत्यक दिन आफ्नो मुखमा निम्तो दिइरहनु भएको हुन्छ । यो निकै जोखिमपूर्ण काम हो । यसलाइ बेलैमा मनन गर्नुपर्ने र बन्द गर्नुपर्ने आवस्यकता देखिन्छ । अनि अर्को कुरा ,प्लास्टिकको टुथब्रसमा हुने ती कपाल जस्ता ( bristles ) स-साना झुसको भाग हाम्रो गिजामा रगडिदा हाम्रो गिजालाई कमजोर बनाउदछन । गिजा कमजोर भएपछी हाम्रो दात कमजोर हुन्छ । दात कमजोर भएपछि जिन्दगी कस्तो हुन्छ होला? त्यो कुराको महसुस अहिल्यै तत्काल नभएपनि पछि उमेर ढल्किदै गएपछी अवस्य गर्नुपर्नेछ । अर्को कुरा
तपाइले प्रयोग गर्ने टुथपेस्ट बाट किन फिज निस्किन्छ थाहा छ? कपडा धुने वासिङ पाउडर अनि दारी काट्दा प्रयोग गरिने सेभिङ्ग क्रीम बाट पनि टुथपेस्टको जस्तै फिज निस्किन्छ । तपाइले दात सफा गर्न सेभिङ क्रीम त पक्कै प्रयोग गर्नुहुन्न होला ?
खासमा कुरो के हो त भन्दा , वासिङ्ग पाउडर र सेभिङ्ग क्रीममा फिज निकाल्न प्रयोग गरिने चिज नै टुथपेस्टमा पनि प्रयोग गरिन्छ । त्यो चिजको नाम sodium laureth sulfate हो । यो यति खतरनाक हुन्छ कि यसले क्यान्सर समेत बनाउन सक्छ ।
अर्को कुरा पनि थप्न चाहन्छु ; तपाइले नुहाउन प्रयोग गर्ने साबुनको बारेमा तपाइलाइ कति थाहा छ ? साबुनको खोलमा TFM% लेखिएको हुन्छ । जसको पूरा रुप total fatty matter हो । यो TFM को % साबुनमा जति धेरै हुन्छ , साबुन त्यति राम्रो गुणस्तरको मानिन्छ । नुहाउने साबुनमा TFM =80% छ भने त्यो धेरै राम्रो गुणस्तरको साबुन हो भनेर बुझ्नुहोला । तपाईंले नुहाउने साबुनको खोलमा TFM% अवस्य हेर्नूहोला ।
साबुन तीन प्रकारका हुन्छन
(1) नुहाउने साबुन =>जसमा TFM =76% देखि 80% हुनुपर्छ ।
(2) ट्वाइलेट साबुन => जसमा TFM = 70% देखि 75% हुन्छ ।
(3) जनावरलाई नुहाइदिने साबुन => जसमा TFM= 60% देखि 69% हुन्छ ।
थप अर्को एक अध्यनका अनुसार साबुनको ग्रेड यस्त्तो छ
१- ( ग्रेड 1 )मा पर्न TFM% = 76% ( कम्तिमा); हुनुपर्दछ ।
अर्थात नुहाउन योग्य साबुनमा TFM 76% भन्दा बढी हुनुपर्छ ।
२- ( ग्रेड 2 )मा पर्न TFM%= 70% ( कम्तिमा) ; हुनुपर्दछ ।
अर्थात TFM 70% देखि 75% छ भने त्यो TOILET को प्रयोग पछि हात धुन प्रयोग गर्न योग्य हुन्छ ।
३- ( ग्रेड 3) मा पर्न TFM% = 60% ( कम्तिमा) ;हुनुपर्दछ ।
अर्थात कुकुर आदि जनावर लाई नुहाइदिन साबुनमा कम्तिमा TFM 60% देखि 69% हुनुपर्छ ,भनिएको छ ।
lux साबुनमा TFM = 70% छ । अनि Lifebuoy साबुनमा TFM = 60% छ र खोलमा हेर्नुहोला यो ट्वाइलेट साबुन हो भनेर लेखियको छ ।
मलाइ लाग्छ हामी धेरैजसो नेपालिहरुले जानावरहरुलाइ नुहाउने वा ट्वाइलेटमा प्रयोग हुने गुणस्तरको साबुन आफु नुहाउनको लागि प्रयोग गरिरहेका छौ । यसमा गल्ति हाम्रो मात्र छैन । त्यो 60% मात्र TFM रहेको साबुन बेच्ने कम्पनिले नै यो नुहाउने साबुन हो भन्दै बिज्ञापन गर्छन र हामी भ्रमित हुन्छौ । कम गुणस्तरको साबुनले नुहाउदा हामिलाइ छालाको विभिन्न रोग लाग्न सक्छ । तपाइले नुहाएपछी छालामा नङले कोतर्दा सेतो रेखा बन्छ भने त्यो TFM कम र हानिकारक केमिकल बढी भएको गुणस्तरहीन साबुन हो । त्यसले छालामा रहेको चिल्लो पदार्थ सुकाइदिन्छ । यस्तो साबुन आफ्नो शरीरको छालामा धेरै दल्नु भयो भने एक्जिमा , सोराइसिस जस्ता छालाका रोग लाग्न सक्छ । धनी रास्ट्रमा कुकुरलाइ नुहाइदिने साबुन नेपालमा हामिले नुहाउन प्रयोग गर्दै छौ । एक पटक आफ्नो साबुनको खोलमा TFM% जाँच गर्नुहोला ।
अब पुन: टुथपेस्ट कै कुरा गरौ है त । अमेरिका , युरोप का धेरै जसो देशहरुमा बेचिने धेरैजसो टुथपेस्टको खोलमा के लेखिएको हुन्छ थाहा छ? टुथपेस्टमा तलका कुरा लेखिएको हुन्छ ।
१- warning : it is cancerous carcinogenic . अर्थात यसले क्यान्सर हुन सक्छ भनि चेतावनी दिइएको हुन्छ ।
२- ६ बर्ष भन्दा मुनिका बालबालिकाले नभेट्ने ठाउमा राख्नुहोला । अर्थात उनिहरुलाइ टुथपेस्ट प्रयोग गरि ब्रस गर्न दिएमा बच्चाले टुथपेस्ट चाट्ने गर्छन ; जसले गर्दा उनिहरुलाइ क्यान्सर हुन सक्छ ।
३- यदि झुक्कियर बच्चाले टुथपेस्ट प्रयोग गरि हाल्यो भने उसलाइ तुरुन्त अस्पताल लग्नुहोला वा पोइजन( बिष ) कन्ट्रोल सेन्टरमा सम्पर्क गर्नुहोला भनी warning लेखिएको हुन्छ । यसरी उनिहरुले यति धेरै सवधानी अपनाउन किन चेतावनी दिएका हुन भन्दा टुथपेस्टमा बिष छ है , सावधान !! भनेको हो । यदि टुथपेस्ट्मा मिसाइने केमिकलको एक थोपा मात्रै तपाइको जिब्रोमा पर्ने हो भने तपाइको जिब्रोमा क्यान्सर पक्का हुन्छ । यसरी हाम्रो जीवन माथी business गरिदै छ । हामिले यस्तो business लाई रोक्न नसके पनि आफू जोगिन भने सक्छौं ।
यदि असम्भव मान्नु हुन्न भने तपाइकै भलोको लागि दात सफा गर्ने केही पौरानिक ,घरायसी , आयुर्बेदिक उपायहरु भन्छु है त ।।
१-निम , बेलौती , आँप आदिको डाख्ला ( डाठ) को प्रयोग गर्न सक्नुहुन्छ ।
२- बोट बिरुवा नभए , भान्सा बाट थोरै बेसार , तोरिको तेल ,नुन मिसाएर दात माझ्न सक्नुहुन्छ । यो एउटा उत्तम दन्तमन्जन हो ।
३-गोबर बाट बनेको कोइलामा थोरै नुन र थोरै फिटकिरी मिसाएर दात सफा गर्न सक्नुहुन्छ । यो सन्सारकै सबै भन्दा राम्रो दन्तमन्जन हो ।
४- कागतिको रस प्रयोग गरेपछी बाकी बचेको बोक्राको भित्री भाग लाई नुन मा दलेर पनि दात सफा गर्न सकिन्छ ।
५- पहेलो दात छ भने आँप को पात चबाएर लेदो बनाउने अनि सोही लेदोले दात घोटेमा समस्या समाधान हुन्छ भनेर आयुर्वेदका महान ऋषिमुनिहरुले भन्नुभएको छ ।
यदि यस्तो गर्न सम्भव छैन भने बजार बाट राम्रो कम्पनिको आयुर्बेदिक दन्तमन्जन किनेर प्रयोग गर्नु उत्तम हुन्छ तर अन्य टुथपेस्ट चाहि प्रयोग नगर्दा राम्रो हुने देखिन्छ ।
अर्को जानकारी दिन चाहान्छु ; प्राय : धेरै जसो toothpaste हरु बनाउदा ; गाई , बाख्रा , सुङ्गुर आदि मरेका जनावरहरुको हड्डी घाममा सुकाएर त्यसलाई bone crusher मेसिनमा हालेर पिसिन्छ । त्यसपछि पाउडर निस्किन्छ । त्यहि पाउडर को प्रयोग गरि toothpaste बनाइन्छ । त्यसलाइ हामिले बिहान बिहानै मुखमा हाल्छौ ।
यदि सबै नेपालिले प्लास्टिक को ब्रस र हानिकारक टुथपेस्ट छाडेर डाठको बुरुस ( दत्योल ) प्रयोग गरेमा हजारौ नेपाली हरुले दत्योलको व्यापार गरि रोजगारी पाउने थिय । दत्योल गर्न ( ब्रस गर्न ) को लागि निम , आँप , बेलौती , आरु जस्ता बोटहरु पनि रोप्नु पर्ने हुदा वातावरण संरक्षणमा पनि टेवा पुग्ने थियो ।
TFM% कम भएको साबुन , टुथपेस्ट र टुथब्रस तिनओटै चिजले स्वास्थ्यमा हानी गर्ने देखियो । अब शरिरमा हानिकारक साबुन दल्ने कि नदल्ने ? जानी जानी क्यान्सरकारक तत्वलाइ मुख मा प्रवेस दिने की नदिने ? भनेर सोच्ने जिम्मा तपाईं स्वयमको हो ।
धन्यवाद !
सुरेन्द्र के.सी. ( कावासोती -१६ , डन्डा ) ।