क्रान्तिकारी माओवादीका पोलिटव्युरो सदस्य अधिकारीको सातौं दिनको स्मृतिमा चितवनमा श्रद्धाञ्जली सभा
रामकुमार श्रेष्ठ
चितवन,असार २८ । नेकपा क्रान्तिकारी माओवादीका पोलिटव्युरो सदस्य एवम् प्रदेश ४ का ईन्चार्ज श्रीनाथ अधिकारी श्यामको सातौं दिनको स्मृतिमा आज चितवनमा श्रद्धाञ्जली सभा गरिएको छ ।
सभामा नेकपा स्थायी कमिटि सदस्य एवम् देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले श्यामले कम्युनिष्ट आन्दोलन र पार्टी प्रति पुर्याउनु भएको योगदानको बारेमा खुलेर चर्चा गरेका थिए ।
नेता गजुरेलले श्यामको निधनले सिंगो पार्टीमा मात्र नभएर सिंगो कम्युनिष्ट आन्दोलनमा क्षति पुगेको बताए ।नेता गजुरेलले श्यामले देख्नु भएको क्रान्तिका कार्यभार पूरा गर्नका लागि कत्तिपनि विचलित नभई पूरा गर्न पार्टी नेतृत्वपंक्ति लागि पर्ने बताए ।
श्रद्धाञ्जली सभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) क. नारायण दाहाल, श्यामका बहिनी शान्ता अधिकारी पौडेल, नेकपा मालेका पर्शुराम लामिछाने, श्यामका सहयोद्धाका तर्फबाट हितराज पाण्डे उत्तम, भक्ति लामिछाने, छोरा नारायण अधिकारी लगायतले श्यामको जीवनीमाथि प्रकाश पारेका थिए।
शोकसभाको चन्द्रहरि सुवेदी अटलले गरेका थिए।श्रीनाथ अधिकारीको भुमिगत बेलाको कार्यक्षेत्रको आधारमा चितवनमा श्रद्धाञ्जली सभा गरिएको हो । सभा चितवनको भरतपुर महानगरपालिका १४, पृथ्वीनगर बजौरीमा गरिएको थियो ।