उपराष्ट्रपति कार्यालयको शाखा अधिकृत हुँ भन्दै ठगी गर्ने भट्ट पक्राउ

काठमाडौं। प्रहरीले उपराष्ट्रपति कार्यालयको शाखा अधिकृत हुँ भन्‍दै ठगी गर्ने गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

 

 

पक्राउ पर्नेमा डोटीको केआइ सिंह गाउँपालिका—६ घर भइ हाल कीर्तिपुर नगरपालिका—७ बस्‍ने २६ वर्षीय किशोर भट्ट÷कुशल भट्ट भनिने केशव भट्ट रहेका छन् ।

 

 

उनलाई कलंकी स्युचाटारबाट महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

 

 

पक्राउ परेका उनको साथबाट प्रहरीले उनले प्रयोग गर्ने गरेको सिमकार्डसहितको आइफोन, प्रभू बैंकको एटीम, त्रि—चन्द्र कलेजको विद्यार्थी परिचयपत्र र किशोर भट्ट नामकै नेपाल प्रहरी अस्पतालको ब्लड ग्रुप कार्ड बरामद गरेको छ ।

 

 

उनले यसअघि २०७५ साल चैत २६ गते यस्तै प्रकृतिको साइबर क्राइम र ठगी मुद्दामा २० हजार जरिवाना र १ वर्ष कैद सजाय भोगिसकेको अपराध महाशाखाले जनाएको छ ।

 

 

यसका साथै उनले कतिपय व्‍यक्तिहरुलाई सामाजिक सञ्जालमार्पत चिनाजान गरी साथी बनाएर आफू परराष्ट्रमन्त्रालयको सह—सचिव समेत हुँ भन्दै ठगी गर्दै आएको प्रहरीको दाबी छ ।