कांग्रेस सहमहामन्त्री बद्री पाण्डे चुनाव नलड्ने
काठमाडौं। नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे आगामी प्रतिनिधि सभाको चुनावमा उम्मेदवार नहुने भएका छन्।
२०७९ सालमा बाजुराबाट प्रत्यक्ष निर्वाचित पाण्डेले चुनावी प्रतिस्पर्धा नगर्ने भएसँगै उनको नाम सिफारिस गरिएको छैन।
पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री समेत रहेका पाण्डेले नयाँ पुस्तालाई अवसर दिनका लागि चुनाव नलड्ने निर्णय पुगेको बताए।
प्रतिनिधि सभाको प्रत्यक्षरसमानुपातिक एवं राष्ट्रिय सभा सदस्यको उम्मेदवारका लागि इच्छा नभएको पाण्डेले बताए। जेनजी आन्दोलन हुँदा पाण्डे एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारमा मन्त्री थिए।
