अखिल नेपाल किसान महासंघ क्रान्तिकारीको विरोध सभा सम्पन्न

चितवन।अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्रीय समितिको पूर्ण बैठक चितवनको भरतपुरमा सम्पन्न भएको छ।

 

 

बैठकले महत्त्वपूर्ण निर्णयहरु गर्दै वर्तमान सन्दर्भमा राष्ट्रघाती एम. सी. सी. सम्झौता खारेजीको माग गर्दै विरोध कोणसभा प्रदर्शन गरेको छ।

 

 

उक्त सभामा अध्यक्ष सिताराम तामाङ्ग,किसान नेता पूर्व अध्यक्ष एवं पाार्टी केन्द्रीय सल्लाहकार भूमिश्वर कडेल, महासचिव धनेश्वर पोखरेल, ने.क. पा. क्रान्तिकारी माओवादी जिल्ला ईन्चार्ज घननाथ सापकोटा, किसान संगठनका जिल्ला अध्यक्ष प्रकाशबाबु खनाल लगायत केन्द्रीय नेता कार्यकर्ताको उपस्थिति थियोे।

 

 

सभालाई सम्बोधन गर्दै अध्यक्ष तामाङ्गले राष्ट्रिय स्वाधीनताको रक्षा गर्न एम. सी. सी. सम्झौता खारेजीको माग गरे। कार्यक्रमको सहजीकरण ने. क.पा. क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटेरी अशोक शर्माले गरेका थिए।