देशभर थप २१ जनामा कोरोना संक्रमण पुष्टि,२७१ जना सक्रिय संक्रमित
काठमाडौं । देशभर थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार ७७५ परीक्षणमा २१ जनामा संक्रमण पुष्टि भएको हो ।
सोमबार कोरोनाको संक्रमणबाट १७ जना मुक्त भएका छन् भने हाल देशभर २७१ जना सक्रिय संक्रमित रहेका छन् ।
वितेको २४ घण्टामा कोरोनाको कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
