सर्वोच्चले दियो हितेन्द्रको पक्षमा परमादेश, कुलमानलाई धक्का

काठमाडौँ । हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत् प्राधिकरकणको कार्यकारी निर्देशकमा पुनर्वहाली गर्न सर्वोच्च अदालतले परमादेश गरेको छ।

सोमबार अदालतले शाक्यलाई पुनर्वहालीको आदेश गरेसँगै ऊर्जामन्त्री कुलमान घिसिङलाई धक्का लागेको छ। घिसिङ सुशीला कार्की नेतृत्वको सरकारमा आएसँगै शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएका थिए।

उक्त रिटउपर सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय डा। नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले शाक्यलाई पुनर्स्थापित गर्ने आदेश दिएको हो।