आजदेखि प्रतिनिधिसभामा बजेटमाथि छलफल हुने

काठमाडौं। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आइतबारदेखि बजेटमाथि छलफल सुरु हुने भएको छ।

बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत आयब्यय अनुमानमाथि छलफल सुरु हुने संसद सचिवालयले जनाएको हो।

अर्थमन्त्री प्रकाशशरण महतले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेश गर्नुभएको थियो। बजेट पेश भएपछि प्रतिनिधिसभाको बैठक पहिलो पटक बस्न लागेको हो।बजेटमा ब्यवस्था गरिएका कतिपय करका दर र नयाँ ब्यवस्था विवादित बनेका छन्।