समृद्ध देश बनाउने हो भने उत्पादनमा जोड दिनुपर्छ:महासचिव विप्लव
दैलेख। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले देशलाई समृद्ध बनाउने हो भने उत्पादनमा जोड दिनुपर्ने बताएका छन्।
डेढ वर्षको उत्पादनले पार्टीलाई पुगेको छ । चन्दा उठाएर खानुपरेको छैन’,आज दैलेखमा राजनीतिक भेटघाट तथा चियापान कार्यक्रममा उनले पार्टीलाई आत्मनिर्भर बनाउन चालिएका कदमको चर्चा गर्दै भने, यो देश बनाउने हो भने उत्पादनमा जोड दिनुपर्छ।
आफ्नो पार्टीका नेता तथा कार्यकर्तालाई अहिले खानाका लागि समस्या नभएको दाबी गरेका छन्। उनले चन्दा माग्ने संस्कार अन्त्य गर्ने आफ्नो अठोट रहेको स्पष्ट पारे। उनले भने, ‘हामीले पार्टीलाई माग्न नपर्ने अवस्थामा पुर्याउने अठोट गरेका छौँ। अब भातका लागि कसैलाई गुहार्नुपर्ने स्थिति छैन।
जुम्लामा सामुदायिक स्याउखेती गर्न जाने क्रममा यहाँ आइ आइपुगेका आफ्नो पार्टी सत्तामा नभएपनि उत्पादन गरेर आफूले खाने र गरिब जनतालाई खुवाउने अठोटका साथ काम गरिरहेको बताए।
पार्टीलाई तराई(मधेसमा धान, पहाडमा सुन्तला, हिमालमा स्याउ र जडीबुटी रोपेर आत्मर्निभर भएर जनतामा जाने प्रतिबद्धता उनको थियो।
