राष्ट्रियसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो सवा १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको हो।
बैठकमा शून्य समयमा सांसदहरूलाई समसामयिक विषयमा धारणा राख्न समय दिइने छ।
त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

