नवीन सम्झौतामा आउन प्रधानमन्त्रीलाई ज्ञानेन्द्रको अपिल, हैन भने भाग्नलाई हेलिकोप्टर तयार गर्नू

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीलाई नवीन सम्झौतामा आउन आग्रह गरेका छन्।

आज काठमाडौंमा प्रदर्शित आन्दोलनको तस्बिर सार्वजनिक गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यस्तो आग्रह गरेका हुन्।

अब नवीन सम्झौतामा आउन प्रधानमन्त्रीलाई अपिल छ, हैन भने भाग्नलाई हेलिकोप्टर तयार गर्नू,उनले फेसबूकमा लेखेका छन्।

यसअघि अध्यक्ष राजेन्द्र लिङ्देनले अनिश्चितकालीन आन्दोलन गर्ने तर, प्रधानमन्त्रीलाई हेलिकोप्टरमार्फत भाग्नका लागि भने दिने बताएका थिए।