प्रहरीका २८ एसएसपीको सरुवा, को कहाँ पुगे ?
काठमाडौं । नेपाल प्रहरीका २८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरूवा भएको छ। गृह मन्त्रालयले शुक्रबारको मन्त्रिस्तरीय निर्णयबाट एकैपटक २८ एसएसपीको सरूवा गरेको हो।
प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग वृत्ति विकास महाशाखा नक्सालमा कार्यरत एसएसपी अनुपम शमशेर जबरालाई प्रहरी युक्त तालिम महाविद्यालय जर्गाह पश्चिम नवलपरासी सरूवा गरिएको छ।
यस्तै, कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरमा कार्यरत एसएसपी अविनारायण काफ्लेलाई प्रहरी प्रधान कार्यालय कार्यविभाग कार्य निर्देशनालयमा सरूवा गरिएको छ।
मानव बेचबिखन अनुसन्धान व्युरोको प्रमुखमा कृष्णप्रसाद पंगेनी, लागुऔषध नियन्त्रण व्युरोमा कृष्णप्रसाद कोइराला र नयाँ दिल्लीस्थित नेपाली दूतावासको काउन्सिलरमा प्रकाश मल्ल सरुवा भएका छन् ।
यस्तै, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखमा नवराज अधिकारी सरुवा भएका छन् । त्यहाँका प्रमुख विनोद घिमिरे डीआईजी बढुवा भई आईजी सचिवालयमा पदस्थापित भएका थिए ।
को कहाँ पुगे





