गढीमा गजल कार्यक्रम सम्पन्न

चितवन।गजल मञ्च चितवन र माडी नगरपालिकाको संयुक्त आयोजनामा सोमेश्वर पहाडको गढीमा एक साहित्यिक गजल वाचन गढीमा गजलु कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको सहजीकरण गजल मञ्च चितवनको सचिव प्रमिला सानु र प्रमुख आतिथ्यता वाग्मती प्रदेश शिक्षा,स्वास्थ्य तथा कृषि समितिका सभापति प्रदेश सांसद ठाकुर प्रसाद ढकालले गरेका थिए।

कार्यक्रममा विशेष अतिथिहरु नगर उप प्रमुख खेमराज महतो, नगर प्रवक्ता तथा वडा नं २ का अध्यक्ष दण्डपाणि पौडेल, वडा नं ५ का अध्यक्ष गणेशप्रसाद घताने सहित चितवन जिल्लाका शसक्त गजलकारहरू पुष्प अधिकारी अञ्जली, रमेश प्रभात, सुरेन्द्र अस्तफल,बालकृष्ण थपलिया लगायतको विभिन्न साहित्यिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा गजल वाचन लेखराम सापकोटा, विनोद अनुज, प्रेम कडेल,सूर्य प्रकाश कडेल, विमर्श कडेल,विपिन पाठक, विकास बराल,पुष्प अधिकारी अञ्जली, रमेश प्रभात,सुरेन्द्र अस्तफल, बालकृष्ण थपलिया, डाक्टर रविन बस्ताकोटी, प्रमिला सानु, भानु सापकोटा, अनाम किरण, श्याम खड्का, शिव अधिकारी, प्रेम बिष्ट, विधान पौडेल, कृष्ण प्रसाद न्यौपाने, सुनिल महतो, बालकृष्ण तिवारी, सन्तोष कश्यप अधिकारी, राजु आचार्य दिप, प्रबिन सन्नाटा, समिता पौडेल न्यौपाने, सुलभ बन्धु पोखरेल सुमन तिमिल्सिना लगायतका स्रष्टाहरुको गजल वाचनले गढी रोमान्टिक बनेको थियो।

कार्यक्रममा बोल्दै कार्यक्रमका सभापति गजल मञ्च चितवनका अध्यक्ष रामकृष्ण अनायासले यस्ता गतिविधिले चितवनको साहित्यिक आकाश फराकिलो हुने बताउदैं माडी नगरपालिकाको सम्पूर्ण टिम एवम् उपस्थित चितवन नवलपुरका गजलकारहरूमा हार्दिक धन्यवाद दिदै भविष्यमा पनि मकवानपुरगढी, उपरदाङगढी, कविलास र ईच्छाकामनामा यस्ता कार्यक्रमको आयोजना गरिने बताए। कार्यक्रमको संयोजन एवम् व्यवस्थापन प्रविन सन्नाटाले गरेका थिए ।

कार्यक्रममा सहभागी हुन शुक्रबार नै माडी पुगेका स्रष्टाहरुको समूहले माडीको विभिन्न पर्यटकिय गन्तव्यको समेत अवलोकन गरेको गजलकार विपिन पाठकले कार्यक्रमको शुभारम्भमा बताएका थिए।