भण्डारी-ओलीबीच दुई घण्टा लामो छलफलमा के भयो ?
काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सम्पन्न भएको छ। भेटवार्ता एमाले मुख्यालय च्यासलमा भएको हो।
स्थायी कमिटी सदस्य कर्णबहादुर थापाका अनुसार,उनीहरूबिच करिब दुई घण्टा लामो छलफल भएको छ।
छलफल समसामयिक विषयहरूमा केन्द्रित रहेको बुझिएको छ,तर विस्तृत विषयवस्तु भने सार्वजनिक गरिएको छैन। भेटपछि पूर्वराष्ट्रपति भण्डारी च्यासलबाट बाहिरिसकेकी छिन्।
भेटवार्तापछि पूर्वराष्ट्रपति भण्डारीले च्यासल परिसरमा पत्रकारहरूका केही प्रश्नको जबाफ दिएकी छन्। उनलाई पत्रकारहरूले एमालेको सदस्यता नवीकरणको विषय सोधेका थिए । जबाफमा उनले ‘सदस्यताको विषय पुरानै हो, नवीकरण भइसक्यो’ भनेकी छन्।
‘तर आज सदस्यता नवीकरणको विषयमा कुराकानी भएन,उनले भनिन् । उनकाअनुसार आज समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको हो।राष्ट्रिय राजनीतिको विषयमा कुराकानी भएको हो,उनले भनिन्।
