सरकारी गाडी प्रयोगमा कडाई,मापदण्ड विपरीत प्रयोग भएका गाडी फिर्ता ल्याउने निर्णय

काठमाडौं । सरकारले सरकारी गाडी प्रयोगमा कडाई गर्ने भएको छ। सोमबार बसेको सचिवहरुको बैठकले पहुँचवालाबाट सरकारी गाडी दुरुपयोग भएको पाइएपछि मापदण्ड विपरीत प्रयोग भएका सरकारी गाडीहरु फिर्ता गराउने निर्णय गरेको हो।

यदि कुनै पदाधिकारी वा कर्मचारीले प्रचलित मापदण्ड विपरीत सवारी साधन प्रयोग गरेको भए तुरुन्त फिर्ता गर्न भनिएको छ। साथै सवारी साधन र प्रयोगकर्ताको विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पठाउन मन्त्रालयहरुलाई भनिएको छ।

‘मन्त्रालय, आयोग, सचिवालय,विभाग,बोर्ड,संस्थान,प्राधिकरण समिति आदि निकायका सवारी साधनहरू र प्रयोगकर्ताको विवरण पठाउन बाँकी मन्त्रालयहरूले तत्कालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने,बैठकको निर्णयमा भनिएको छ,यदि कुनै पदाधिकारी÷कर्मचारीहरूले प्रचलित मापदण्ड विपरीत सवारी साधन प्रयोग गरेको भए तुरुन्त फिर्ता गर्ने, गराउने।