सिरहामा ७५ वर्षीय वृद्धको हत्या

काठमाडौं। सिरहाको धनगढीमाई नगरपालिका–११ आमचोकमा एक वृद्धको हत्या भएको छ। गएराति सुतेकै ठाउँमा धातिलो हतियार प्रयोग गरि ७५ वर्षीय अनिल लाल यादवको हत्या गरिएको हो।

हतियार प्रहारबाट घाइते भएका यादवको प्रादेशिक अस्पताल सिराहामा उपचारको क्रममा बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।