आज असोज १६ गते बिहिबार, यस्तो छ तपाईको राशिफल
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- नयाँ कामको प्रस्ताव आएपनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ । स्वादिष्ट भोजनमा मन रमाउनेछ । दीर्घकालीन लाभ दिने काममा हात हाल्ने समय छ । तार्किक क्षमताले मान सम्मान दिलाउन सक्छ । भाग्यले अपेक्षाभन्दा बढी फाइदा दिलाउनेछ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्।
वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो- आज सोचेका काम सफलता पूर्वक सम्पन्न हुने देखिन्छ । अन्न लाभ पनि हुनेछ । तर, नजिकका साथीभाइ टाढिन सक्छन् । अरूको फाइदाका लागि उपयोग भएपनि आफ्ना लागि परिस्थिति प्रतिकूल रहन सक्छ । प्रतिस्पर्धामा केही कमजोर सावित भइने सम्भावना छ । आफन्तबाट पनि टाढिनुपर्ने अवस्था आउन सक्छ । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ।
मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह- नसोचेको ठाउँबाट धन लाभ हुनेछ । तर, बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ । काम बिग्रने डरले सताउन सक्छ । बेसुरमा बचन दिने बानीले दुःख पाइनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नु उपयुक्त हुनेछ । व्यवसायमा लगानी बढाउनु पर्ने समय छ।
कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- आज धन लाभको सम्भावना छ । टाढाको यात्राको योग पनि छ । दिन रमाइलो तरिकाले बित्नेछ। कृषिबाट सामान्य लाभ उठाउन सकिनेछ । आमाको माध्यमबाट पारिवारिक काम बन्न सक्छ । कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने समय छ।
सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- मसलाजन्य खानामा अत्यन्त सावधान रहनुहोस्, रोग निम्तिन सक्छ । पारिवारिक भेटघाटको समय छ। विशेष व्यक्तित्वलाई भेट्ने अवसर आउन सक्छ । ठूलो फाइदाको आश्वासन पाइनेछ । नयाँ विशेष योजनाहरू बन्नेछन् । टाढिएका साथीभाइ नजिकिँदा हर्ष बढ्नेछ।
कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- राम्रो कर्मफल प्राप्त हुने भएकाले मन प्रसन्न रहनेछ । सामाजिक क्षेत्रमा नेतृत्वको अवसर हात लाग्नेछ । तर, असंयमित व्यवहारले सम्बन्ध बिगार्न सक्छ, सावधान रहनुहोस् । बलभन्दा बुद्धिको उपयोग गर्दा फाइदा हुनेछ। अनायसै धन खर्चनुपर्ने स्थिति आउन सक्छ । आम्दानीमा अवरोध पुर्याउनेहरू सक्रिय हुन सक्छन् । सोचेभन्दा कम फाइदा मिल्ने देखिन्छ।
तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते- पारिवारिक जमघटमा मन रमाउनेछ । तर, भेटघाटको अलमलले नोक्सान पुर्याउन सक्छ । प्रतिस्पर्धीहरू परास्त हुनेछन् । सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सफलता मिल्नेछ । अवसर आउँदा पनि त्यसलाई उपयोग गर्न ढिलाइ हुन सक्छ । ठूलो प्रयत्न गर्दा सामान्य फाइदा मात्र हुनेछ।
वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु –अवसरको खोजीमा दौडधुप गर्नुपर्ला । काममा लगानी गर्ने समय छ । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय हो । प्रशस्त धन आर्जन गर्ने अवसर मिल्नेछ । पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष लाभ हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर पाइनेछ । साथीभाइको सहयोगले आत्मबल बढ्नेछ।
धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे- मेहनतले प्रशस्त लाभ लिन सकिनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । काममा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त हुन सक्छ । तर, सहयोगीहरूबाट अलिकति धोका पाइने सम्भावना छ, सचेत रहनुहोस् । काममा आलस्य बढ्न सक्छ र खर्चको मात्रा पनि बढ्नेछ । बन्ने लागेको काम अचानक बिग्रन सक्छ।
मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि- लाभदायक काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको उचित मूल्यांकन हुनेछ । साझेदारीमा पनि फाइदा हुनेछ। उपहारका नाममा बिग्रेको वस्तु हात लाग्न सक्छ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । तर, पेटको खराबीले सताउन सक्छ। न्यून उपलब्धिले मन बुझाउन नसक्ने सम्भावना छ । नयाँ काम सुरु गर्न केही समय पर्खनु राम्रो हुनेछ।
कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द- अध्ययनमा मन नलागे पनि आत्मविश्वास बढ्नेछ । रोकिएका काम क्रमशः बन्नेछन् । नयाँ अवसर प्राप्त हुनेछन् । बोलीको प्रभाव र कार्य क्षमता बढ्नेछ । तर, अनावश्यक वादविवादमा पर्न सक्ने समय छ । आफ्नै क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।
मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि- होसियारी पूर्वक काम गर्नुपर्ने समय छ । फाइदाको पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । सानो प्रयत्नले पनि राम्रो लाभ उठाउन सकिनेछ । कृषि कर्म र व्यवसायिक काममा मनग्य फाइदा हुनेछ। भूमि, वाहन वा पैत्रिक सम्पत्तिबाट लाभ हुने योग छ । व्यापारमा प्रशस्त फाइदा हुनेछ । मेहनतले कीर्ति दिलाउनेछ।
