बझाङमा ४.९ म्याग्निच्यूडको भूकम्प
काठमाडौं। बझाङमा गएराति भूकम्प महशुस गरिएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङको दान्तोला केन्द्र बनाएर राति १ बजेर ८ मिनेटमा ४।९ म्याग्निच्यूडको भूकम्प गएको हो।
मध्यराति भूकम्प जाँदा सर्वसाधारण त्रासमा परेका थिए। भूकम्प छिमेकी जिल्लाहरूमा समेत महशुस गरिएको छ।
भूकम्पका कारण कुनै क्षति भएको विवरण अहिलेसम्म प्राप्त भएको छैन।

