१ किलो ३५० ग्राम गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं। करिब १ किलो ३५० ग्राम गाँजासहित भारतीय नागरिक २२ वर्षीय विशाल कुमार बुधबार राति पक्राउ परेका छन्।

त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थलको आगमन टनेल गेट एरियाबाट उनी पक्राउ परेका हुन्। उनलाई विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो। संयुक्त टोलीले उनको लगेजबाट उक्त लागूऔषध फेला पारेको थियो।

उनी नेपाल एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौँ आएका थिए। उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ।