कार्की सरकार हटाएर सर्वपक्षीय राष्ट्रिय अन्तरिम सरकार गठन गनुपर्छः अल जेन मुमेन्ट नेपाल

काठमाडौं । सुशीला कार्कीले देशलाई निकास दिन नसक्ने भन्दै अल जेनजी मुमेन्टले सर्वपक्षीय राष्ट्रिय सरकारको माग गरेको छ । सोमबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी अल जेन मुमेन्ट नेपालले गरेको शान्तिपूर्ण प्रदर्शनमा धरपकड गर्नु गैरन्यायीक भएकोसमेत आरोप लगाएको छ ।

अल जेन मुमेन्टका मेग खत्रीले आफूहरुले आईतबार गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरी प्रशासनले धरपकड गरेको भन्दै आक्रोश व्यक्त गरे । खत्रीले वर्तमान सरकारले पुरानै सरकारको जस्तै भ्रष्टाचार र बेथितिलाई निरन्तरता दिएपछि प्रदर्शन गरेको बताउँदै भने,“हामीले हिजो सिंहदरबारको दक्षिण गेटमा गरेको शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप गर्नु गैरन्यीक भएन र ।

हरिकृष्ण गजुरेलले वर्तमान सरकार पनि पुरानै शैलीमा गएको भन्दै आफूहरुले अल जेन मुमेन्टमार्फत देशलाई नयाँ निकास दिने दाबी गरे । गजुरेलले जेनजीहरुले गरेको ऐतिहासिक आन्दोलनको बलबाट बनेको सरकारले पुरानै सरकारले जस्तै भ्रष्टहरुलाई नै संरक्षरण गरेको आरोप लगाउँदै भने,“सुशीला कार्की नेतृत्वको सरकारलाई हटाएर सर्वपक्षीय राष्ट्रिय सरकार बनाउनुको विकल्प छैन ।

माधव ठकुरीले जेनजीले नै बनाएको सरकार उनिहरुले उठाएका मागकै विरुद्धमा भएकोले देशमा थप द्वन्द चर्किनेप्रति चिन्ता व्यक्त गरे । सरकार र जेनजी मिलेर देश बनाउनुको सट्टा उनिहरुबीच नै तिक्तता हुनु दुर्भाग्य भएको बताउँदै भने,“सुशीला सरकार भर्षेश मिराज जेनजी हुनु देश संकटतिर जानु जस्तै हो ।

डा।शम्भू पोखरेलले शान्तिपूर्ण प्रदर्शनमा सरकारले धरपकड गरेकोमा गैर कानुनी भएकोले सरकारले माफी माग्नुपर्ने माग गरे । जनक थापाले सरकारले संविधान प्रदत्त अधिकार कुण्ठित गर्दै जाँदा जेनजीको भन्दा ठूलो विद्रोह गर्ने चेतावनी दिए ।

अशोक रानामगरले राष्ट्रिय मुक्तिको लागि अल जेन मुमेन्टले नेतृत्व लिएर राजीतिक निकास दिने दाबी गरे ।

आइतबार अल जेन मुमेन्टले सिंहदरबारको दक्षिण गेटमा प्रदर्शनका क्रममा हरिकृष्ण गजुरेल, माधव ठकुरी, अशोक रानामगर, जनक थापलाई प्रहरीले गिरफ्तार गरेर सिंहदरबार प्रहरि वृत्त अनामनगरमा अनामनगरमा लगेको थियो।