आशिका तामाङद्वारा स्वतन्त्र उम्मेदवारी घोषणा

काठमाडौं। सामाजिक अभियन्ता आशिका तामाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन्। उनले २१ फागुनमा हुने निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ वा ९ बाट उम्मेदवारी दिने बताएकी छन्। 

फेसबुकमार्फत घोषणा गर्दै तामाङले आफू कुनै पनि राजनीतिक दलमा आवद्ध नहुने र दलगत राजनीतिभन्दा माथि उठेर स्वतन्त्र धारमा अघि बढ्ने निर्णयमा पुगेको उल्लेख गरेकी छन्।

जेन–जी पुस्ताका युवाले उठाएका मुद्दा, भ्रष्टाचारविरुद्धको संघर्ष, पारदर्शिता र जवाफदेही राजनीतिलाई सडकदेखि सदनसम्म सशक्त रूपमा उठाउने प्रतिबद्धतासहित उम्मेदवारी दिने उनको भनाइ छ।

चलचित्र क्षेत्रबाट उदाएकी तामाङ पछिल्ला वर्षहरूमा सामाजिक अभियन्ताको रूपमा सक्रिय रहँदै आएकी छन्। उनी जेनजी आन्दोलनका घाइते र शहीद परिवारलाई सहयोग गर्ने कार्यमा पनि संलग्न थिइन्।